असार २७, २०८२ शुक्रबार July 11, 2025

काँग्रेसको अवरोधपछि संसद बैठक विहिवार सम्मका लागि स्थगित

काँग्रेसको अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पेश हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध कायमै राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेपछि बसेको प्रतिनिधि सभाको बैठक काँग्रेसको अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पेश नभइ विहिवार सम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु हुन साथ सहकारी ठगीमा  संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदहरु वेल घेराउ गर्न पुग्नु भएको थियो ।

कांग्रेस सांसदहरूले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गर्नु भयो ।

यसै गरी काँग्रेसले आज बसेको राष्ट्रिय सभा बैठकमा समेत विरोध गरेपछि राष्ट्रिय सभा बैठक पनि प्रभावित भएको छ ।

यस अघि गत २८ गते बसेको बैठकमा पनि काँग्रेसले अवरोध गरेको थियो । काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । आज दिउसो सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न बसेको संदको संयुक्त बैठकमा भने काँग्रेसले अवरोध गरेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया