श्रावण ७, २०८२ बुधबार July 23, 2025

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले गरे सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा), १ जेठ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो ।

स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो ।

गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सम्मान गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार