असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रतिनिधिसभाको आजको बैठक स्थगित

अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ  ।

यस अघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

अहिलेसम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि आजको संसद बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ कांग्रेस नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया