असार २७, २०८२ शुक्रबार July 11, 2025

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

राष्ट्रिय सभाको बैठक आइतबार १: १५ बजेसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया