श्रावण ७, २०८२ बुधबार July 23, 2025

इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो

रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ। गएराति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो। चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो।

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो।

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन्। कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ। अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ।

आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुँदै छन्। आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया