श्रावण ७, २०८२ बुधबार July 23, 2025

लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले हरायो

अपराजित लिभरकुसेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।

गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।

लिभरकुसेन यसअघि ५ पटक उपविजेता बनेपनि लिगको उपाधि पहिलो पटक जितेको हो ।

लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ । त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।

लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया