असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ। यस अघि आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा २ बजेका लागि सारिएको हो।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ।

बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ। शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन्।

आइतबार विहान बसेको विपक्षी दलको बैठकले संसदमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको थियो।

गृहमन्त्रीलाई बोल्न दिने चित्ते बुझे संसद बैठक अगाडि बढाउने दिन,  चित्त नबुझे अवरोध गर्ने निर्णय गरेको विपक्षी दलको बैठक लगत्तै सो जानकारी गराउन सभामुखकहाँ पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीले छानबिन समिति गठन सम्बन्धी कार्यदललको टिओआरमा सहमति नभएसम्म बैठक चलाउन आग्रह गरेपछि बैठक अनिश्चित भएको हो।

समितिले आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुंगोमा पुर्‍याउने सहमति भएपनि समिति कस्तो बन्ने, जिम्मेवारी के-के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ। सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया