असार २७, २०८२ शुक्रबार July 11, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूचीबारे छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

सभामुख देवराज घिमिरेले अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दलबाट पार्टी फुटाएको भनिएका ७ सांसदलाई प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन सभामुखलाई पत्र लेखेका छन्।

यसअघि आइतबार यादवले प्रधानमन्त्री दाहालले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यादवले प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री दहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार