असार २७, २०८२ शुक्रबार July 11, 2025

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

कांग्रेसको विरोधपछि बैठक मंगलबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताएका थिए ।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आशन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया