असार २६, २०८२ बिहिबार July 10, 2025

सभामुखद्वारा उँभौलीको शुभकामना

उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन्।

हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार