श्रावण ७, २०८२ बुधबार July 23, 2025

श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास: फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : श्रीलंका क्रिकेट (एसएलसी) को प्रिमियर टी-२० लिगबाट डम्बुला थन्डर्स फ्रेन्चाइजीका मालिक तमिम रहमानलाई म्याच फिक्सिङको आशंकामा पक्राउ गरिएको छ । अदालतको आदेशपछि उनलाई शहरको बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

खेलकुदसँग सम्बन्धित अपराध रोक्न खेलकुद मन्त्रालयमा गठित विशेष अनुसन्धान इकाइका एक अधिकारीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेका छन् । कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ । एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ ।

डम्बुला फ्रेन्चाइज बंगलादेशी उद्यमीहरूको नेतृत्वमा रहेको इम्पेरियल स्पोर्ट्स ग्रुपले अप्रिलमा खरिद गरेको थियो । तर, उनीमाथि लागेको वास्तविक अभियोग अझै स्पष्ट भइसकेको छैन । एसएलसीले भन्यो– रहमानमाथि लागेको आरोप स्पष्ट छैन, तर लंका प्रिमियर लिगको इमान्दारिता र सहज कार्यसम्पादन सबैभन्दा महत्त्वपूर्ण छ ।

रहमानमाथि म्याच फिक्सिङ र सट्टेबाजीको प्रयास सम्बन्धी देशको खेलकुद ऐनका दुई प्रावधान अन्तर्गत अनुसन्धान भइरहेको थियो । श्रीलंका प्रिमियर लिग जुलाई १ देखि २१ सम्म हुने तय भएको छ ।  भर्खरै श्रीलंकाको एक अदालतले भारतीय नागरिक योनी पटेल र पी आकाशलाई आफ्नो राहदानी आत्मसमर्पण गर्न आदेश दिएको थियो । दुबैलाई कोलम्बोमा लिजेन्ड्स क्रिकेट लिगमा म्याच फिक्सिंगको आरोप लगाइएको थियो ।

पटेल यस लेजेन्ड्स लिगमा एउटा टोलीको मालिक हुन् । दुवै जना हाल धरौटीमा छन् । क्यान्डीको पाल्लेकेले स्टेडियममा मार्च ८ देखि १९ सम्म खेलिएको लिगको खेल फिक्स गर्न खोजेको आरोप उनीमाथि लागेको छ । श्रीलंकाले २०१९ मा कानून पारित गरेपछि खेलमा म्याच फिक्सिङ र भ्रष्टाचारलाई अपराध मान्ने पहिलो दक्षिण एसियाली देश बन्यो । दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र जरिवाना हुने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार