असार २६, २०८२ बिहिबार July 10, 2025

मधेस प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

जेठ २१ गते सोमबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ। मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट जेष्ठ २१ गतेका लागि तेस्रो अधिवेशन आह्वान गरिएको हो।

प्रदेश प्रमुखको कार्यालयबाट निमित्त सचिव लुम्बनाथ पोखरेलद्वारा हस्ताक्षरित पत्रमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीबाट अधिवेशनका आह्वान लागि जानकारी गराएको जनाएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २१ गते सोमबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भईअनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलले बताए।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद)को मिति २०८१/०२/१३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८१/०२/२१ गते सोमबार दिनको १४ बजेबाट लागू हुनेगरी मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान हुने व्यहोरा जानकारीका लागि अनुरोध छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार