काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् ।
उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’
बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी-२० विश्वकप खेल्न जान भने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया