श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित

१ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय टोलीले आइसीसीको तालिका अनुसारको पहिलो अभ्यास खेलमा पराजय भोगेको छ ।

पहिलो अभ्यास खेलमा क्यानडासंग ६३ रनले पराजित भएको छ । डालासको ग्रान्ड प्रेरी रंगशालमा १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले ३७ रन बनाए । नेपाल विरुद्ध क्यानडाका डिलन हेलिगरले चार विकेट लिए । यअसघि टेक्ससको डालास स्थित ग्रान्ड प्रेरि मैदानमा टस हारेर ब्याटीङ गरेको क्यानडाले ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

नेपालले अब दोस्रो अभ्यास खेलमा भोलि आयोजक अमेरिकासंग खेल्नेछ । विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ ।

नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असारकै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार