असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल

बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि अर्याल सदस्य सचिव बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त हुनुभएको छ ।
नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त हुनुभएको हो ।  अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख हुनुहुन्थ्यो ।
बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि अर्याल सदस्य सचिव हुनुभएको हो ।
यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकूल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया