श्रावण १, २०८२ बिहिबार July 17, 2025

युक्रेनी राष्ट्रपति जेलेन्स्की सिंगापुर जादै

एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जाने भएका छन् । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताए ।

अस्टिनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गरेका थिए ।

योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।

जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार