श्रावण १, २०८२ बिहिबार July 17, 2025

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।

उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन् । जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका थिए ।

दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार