असार २७, २०८२ शुक्रबार July 11, 2025

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओली अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

शुक्रबार बिहान ११ः४५ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । उनका अनुसार आफूविरुद्ध सबैजना एक ठाउँमा उभिएको भन्दै असन्तुष्टि जनाएर ओली बैठकमा सहभागी नभएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका विभिन्न काममा व्यस्त भएकाले अहिलेसम्म बैठकमा नगएको जानकारी दिएका छन् । उनले भने, प्रधानमन्त्री ज्यूका विभिन्न राजकीय काम भएकाले अहिलेसम्म नजानु भएको हो । जुनसुकै समयमा पनि बैठकमा जान सक्नुहुन्छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको उद्घाटन सत्रमा आरोप प्रत्यारोप भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया