काठमाडौँः संसद्का छ वटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयले विभिन्न समितिका बैठक बस्ने समय तालिका प्रकाशित गरेको छ ।
आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समय तालिका छ ।
संसद्का दुई सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपराह्न १३:१५ बजे बस्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया