श्रावण १, २०८२ बिहिबार July 17, 2025

भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

संसदीय दलको निर्णय पाएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको प्रधानमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी नियुक्त भएका छन् ।

President Droupadi Murmu feeds 'dahi-cheeni' to PM Modi as he stakes claim  to form government - India Today

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । संसदीय दलको निर्णय पाएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ एनडीए गठबन्धनले बहुमत ल्याएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया