श्रावण १, २०८२ बिहिबार July 17, 2025

रुसले कब्जा गरेको खेरसनमा युक्रेनी सेनाको आक्रमण : २२ जना सर्वसाधारणको मृत्यु

पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको ज्यान गएको छ । रुसल कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको ज्यान गएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीकाे भीड लागेको थियो । पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया