श्रावण १, २०८२ बिहिबार July 17, 2025

हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार

नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।

संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ।

इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतंककारी’ मारिएको बताएको छ। त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको जनाएको हो।

Israel Says It Rescued Four Hostages Held in Gaza

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया