असार ९, २०८१ आइतबार June 23, 2024

विद्यार्थीलाई पाँच दिने संस्कार शिविर

संस्कार शिविरमा सहभागी  छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जलेश्वर, ३० जेठ : महोत्तरीको मनरा शिसवा नगरपालिकाले  नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ । मनरा शिसवा नगरपालिका-९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।
गत जेठ २५ देखि सुरु शिविर आज समापन गरिएको छ । विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।
युवा संस्कार शिविर । | मनरा शिसवा नगरपालिकासंस्कार शिविरमा सहभागी  छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताउनुभयो ।
संस्कार शिविरको आज समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यसअघि गत वर्ष पालिकाले वडा नम्बर-१ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० छात्रछात्रालाई संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै
२०८१ असार १०, सोमबार
कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
२०८१ असार ९, आइतबार
कित त्यागे सुशील प्याकुरेलले राजदुत पद ?
२०८१ असार ९, आइतबार
लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
२०८१ असार ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
२०८१ असार ९, आइतबार
लोकतन्त्रका लाभहरु सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
२०८१ असार ९, आइतबार
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन
२०८१ असार ९, आइतबार