काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया