चैत्र ११, २०८१ सोमबार March 24, 2025

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो।

हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको समयभित्र शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया