श्रावण २, २०८१ बुधबार July 17, 2024

कोशीमा ३५ अर्ब २७ करोडको बजेट

कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।

चालू वर्षको बजेट ३६ अर्ब ६४ करोडको बजेट रहेकोमा कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट आएको छ ।

कोशीको बजेटमा प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा प्रवाहलाई नागरिक मैत्री बनाई सुशासन प्रवर्धन गर्नेतर्फ परिलक्षित गरेको अर्थमन्त्री रानाले उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया