असार १०, २०८१ सोमबार June 24, 2024

मनकामना केबुलकार ५० दिनका लागि बन्द

केबुलकारको मुख्य लट्ठासमेत फेर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलकारका सबै सेवा बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भार र समय अनुसार स्तरोन्नती गर्नु पर्ने भएकाले आगामी असोज १० गतेसम्म केबुलकार बन्द हुने प्रालिले जनाएको छ । केबुलकारको मुख्य लट्ठासमेत फेर्ने तयारी भएको छ । मनकामना केबुलकार बिसं २०५५ सालमा स्थापना भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया