असार २८, २०८१ शुक्रबार July 12, 2024

गाजाको भिषण आक्रमण छिट्टै सकिन्छ : नेतन्याहु

छिट्टै इजरायली सेना लेबनानी सीमामा आफ्नो सेना पठाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् ।

नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुनलागेको बताएका छन् । तर यसको मतलब युद्ध समाप्त नभएको उनले बताएका हुन् । नेतान्याहुले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताएका छन् ।

हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीचमा, नेतान्याहुले छिट्टै इजरायली सेना लेबनानी सीमामा आफ्नो सेना पठाउने बताएका छन् ।

नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरेका छन् ।

इजरायली सेनाबाट आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई हमलामा मारिएको रफाहका जनताले बताएका छन् ।

आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाका अनुसार हमासले यसलाई प्रयोग गरिरहेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया