मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो

निर्माण क्षेत्रमा लगानी सन् २०२६ मा स्थिर रहने र सन् २०२७ मा २.५ प्रतिशतले बढ्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सोल, ३ मङ्सिर । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै स्वदेशमै उत्पादित सेमिकन्डक्टर (अर्धचालक) को विश्वव्यापी माग बढेपछि दक्षिण कोरियाको सरकारी आर्थिक अनुसन्धान संस्थाले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ ।

कोरिया डेभलपमेन्ट इन्स्टिच्युट (केडीआई) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार सन् २०२६ मा दक्षिण कोरियाको मुद्रास्फीति समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८ प्रतिशतले विस्तार हुनेछ । यो संस्थाले गत अगस्टमा गरेको प्रक्षेपणभन्दा ०.६ प्रतिशत बिन्दुले बढी हो ।

यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ३.९ प्रतिशतको अनुमानभन्दा केही कम भए पनि आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को ३.७ प्रतिशत, एसियाली विकास बैंक (एडीबी) को ३.२ प्रतिशत र बैंक अफ कोरियाको ३.३ प्रतिशतको अनुमानभन्दा बढी हो ।

केडीआईले सन् २०२७ का लागि पनि आर्थिक वृद्धिदरको अनुमान १.७ प्रतिशत बिन्दुले बढाएर ३.९ प्रतिशत पु¥याएको छ । उक्त अनुमान आईएमएफको ३.३ प्रतिशत, बैंक अफ कोरियाको २.९ प्रतिशत, ओईसीडीको २.६ प्रतिशत र एडीबीको २.३ प्रतिशतको प्रक्षेपणभन्दा उच्च छ ।

एआई प्रविधिको तीव्र विकासका कारण सेमिकन्डक्टरको माग बढ्नु नै आर्थिक वृद्धिको प्रक्षेपण संशोधन गर्नुको प्रमुख कारण रहेको केडीआईले जनाएको छ। यसले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेषगरी उत्पादन क्षमता विस्तार, पूर्वाधारमा लगानी तथा नयाँ चिप उत्पादन कारखाना निर्माणले आर्थिक गतिविधि बढाउने अनुमान छ ।यसैबीच, चिप निर्यातमा आएको वृद्धिका कारण सन् २०२६ मा चालु खाता बचत ५१६.२ अर्ब अमेरिकी डलर पुग्ने र सन् २०२७ मा बढेर ६०१.३ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

निर्माण क्षेत्रमा लगानी सन् २०२६ मा स्थिर रहने र सन् २०२७ मा २.५ प्रतिशतले बढ्ने अनुमान छ। तर, निजी उपभोगको वृद्धिदरको प्रक्षेपण भने घटाएर सन् २०२६ का लागि १.८ प्रतिशत कायम गरिएको छ। सन् २०२७ मा उपभोग २.४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, उपभोक्ता मूल्य मुद्रास्फीति सन् २०२६ मा २.७ प्रतिशत र सन् २०२७ मा २.४ प्रतिशत रहने केडीआईको अनुमान छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार