मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट

निर्वाचनमा पार्टीविरुद्ध लागेको आरोपपछि जसपाका १८ जनप्रतिनिधि पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित १८ जना स्थानीय तहका जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

आयोगका अनुसार पदमुक्त हुनेमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ रहेका छन्। यसबाहेक विभिन्न जिल्लाका स्थानीय तहका नौ जना वडाध्यक्षसहित १८ जना जनप्रतिनिधि पदमुक्त भएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरू दलत्याग गरेको अवस्थामा पुगेपछि पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

जसपाले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाउँदै ती जनप्रतिनिधिविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको थियो। पार्टीको उजुरीपछि आयोगले उनीहरूको पद रिक्त हुने निर्णय गरेको हो।

जसपाको आरोपअनुसार पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले निर्वाचनका क्रममा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई जिताउन भूमिका खेलेका थिए।

निर्वाचन आयोगको निर्णयसँगै जसपाबाट निर्वाचित ती १८ जनप्रतिनिधिको स्थानीय तहमा रहेको पद रिक्त भएको छ।

हेर्नुहोस् पदमुक्त भएका १८ जना जनप्रतिनिधिहरुको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार