मंग्सिर २, २०८३ बुधबार November 18, 2026

काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विपद् व्यवस्थापनका साथै छोटो समयमै ‘बेली ब्रिज’ निर्माणमा सेनाले देखाएको कार्यक्षमताको खुलेर गरे प्रशंसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, २ मङ्सिर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन महादेवटार सुरुङको आज आयोजित ब्रेक थ्रुु समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले यस आयोजनाको काम तीन वर्षभन्दा बढी अगाडि बढेको हेर्न नचाहेको बताउनुभयो ।

द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने उहाँले बताउनुभयो । लचकता अपनाउँदै व्यवसायीहरूलाई पटक–पटक अवसर र सुविधा दिए पनि त्यसको अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उहाँले निर्धारित समयभित्र काम नसकिने अवस्था देखिए तत्काल ठेक्का अन्त्य गर्न निर्देशन दिनुभयो ।

हाल काम गर्ने मुख्य सिजन सुरु भइसकेको बताउँदै उहाँले उहाँले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति हासिल हुनुपर्ने धारणा राख्नुुभयो । द्रुतमार्गलाई केवल सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको ठूूलो अवसरका रूपमा समेत लिइएको बताउँदै उहाँले आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकहरू भविष्यका ठूूला पूर्वाधार निर्माणका लागि देशकै अमूल्य सम्पत्ति बन्ने बताउनुभयो । यस्ता प्रकृतिका आयोजना बढाउने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।

विपद् व्यवस्थापनका साथै छोटो समयमै ‘बेली ब्रिज’ निर्माणमा सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै उहाँले आगामी दिनमा नेपाल सरकारले नेपाली सेनालाई अन्य धेरै आयोजनाहरूमा सहभागी गराउँने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार