असार १२, २०८१ बुधबार June 26, 2024

गङ्गा दशहरा पर्व आज : रसुवाको गोसाईंकुण्ड तीर्थस्थलमा मेला

सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका लागि भगीरथले तपस्या गरी गङ्गालाई पृथ्वीमा ल्याएको पौराणिक मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज गङ्गा दशहरा पर्व मनाइँदैछ । जेठ शुक्ल दशमीका दिन यो पर्व मनाउने परम्परा छ । सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका लागि भगीरथले तपस्या गरी गङ्गालाई पृथ्वीमा ल्याएको पौराणिक मान्यता छ ।

आजको दिन गङ्गा स्नान गर्ने, गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गाको रूप मानेर पूजा पनि गरिन्छ ।

आजको दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान गर्नाले पून्य हुने हिन्दू मैथिल जनविश्वास रहेको महोत्तरी जलेश्वर–५ का मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउनुहुन्छ । गङ्गा दशहराको अवसरमा धार्मिक स्थल रसुवाको गोसाईंकुण्डमा हरेक वर्ष मेला लाग्ने गर्छ ।

मेला भर्न गोसाईंकुण्डमा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटक पुग्ने गर्छन् । यस्तै सुदूरपश्चिमको खप्तड क्षेत्रमा पनि मेला लाग्छ । देशका अरू ठाउँका नदी/तलाउ/मठमन्दिरमा पनि तीर्थालुको भीड हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया