काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटीको तेस्रो दिनको बैठक सकिएको छ।
पहिलो दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेका थिए । त्यसपछि हिजो दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । आज तेस्रो दिनको बैठकमा बाँकी रहेका २१ जना सदस्यहरुले आफ्नो धारणा बैठकमा राखेका छन् ।
बैठकपश्चात पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।
आजसम्म बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिदै अब भारतले मिचेको भूभाग फिर्ता ल्याउनका लागि ठोस कुटनीतिक पहल गर्न सुझाब दिएका छन् ।
शुक्रबारको बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज एकैछिन मात्र बैठकमा बसेर बाहिरिएका थिए ।स्थास्थ्यमा समस्या भएकाले बैठक अवधिभर बस्न नसकेको जानकारी प्राप्त भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार आगामी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामकारबाहीको विषयमा छलफल हुनेछ। स्थगित अर्को बैठक असार १६ गते मंगलबार विहान ११ बजे पुनः बस्ने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया