असार २६, २०८२ बिहिबार July 10, 2025

सडक आन्दोलन मार्फत सरकारलाई ठेगान लगाउने काँग्रेस नेता महतको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले ओली सरकारले सत्तामा बस्ने नैतिक आधार गुमाइसकेको बताएका छन् । काठमाडौँको मेघा कलेजमा लिडरशिप डेभलपमेन्ट एलाइन्सद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी नेता महतले संवाददाताहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कोरोना महामारीका कारण जनतामा त्रास छाएका बेला सरकारले अभिभाकत्व प्रदान गर्न नसकेको भन्दै उनले सत्तामा बसिरहने नैतिक आधार ओली मन्त्रिमण्डलले गुमाइसकेको टिप्पणी गरे ।

उनले देशभरका क्वारेन्टिनको अवस्था अत्यन्त दयनीय रहेको भन्दै सरकारको आ लोचना गरे । हाँच्छियु गरेर कोरोना निको हुने प्रधानमन्त्रीको अभिव्यक्तिले नै यो सरकार जनताको पीडाप्रति उत्तरदायी नरहेको डा. महतले बताए ।

उनले यस्तो रबैया कायमै रहे काँग्रेसले सडक आन्दोलन मार्फत सरकारलाई ठेगान लगाउने चेतावनी दिए । अहिले कोरोना कहरका कारण सरकारविरुद्ध सडक प्रदर्शन गर्न नसकिएको बताउँदै उनले सरकार नसुध्रने हो भने कोरोना कहरकैबीचमा सडक तताउन कांग्रेस बाध्य हुने चेतावनी दिए ।

‘कोरोना महामारीका बेला भौतिक दूरी कायम गर्नुपर्ने अवस्था भएका कारण मात्रै हामी संयमित भएका छौँ । राष्ट्रिय जीवन नै संकटपूर्ण अवस्थामा पार्ने काम सरकारबाट भइरहे हामी सडकमा उत्रन बाध्य हुनेछौँ’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया