असार २६, २०८२ बिहिबार July 10, 2025

महाकाली सन्धीको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको बामदेव गौतमको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको बताएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

बुधबार देखी जारी स्थायी कमिटिको तेश्रो दिनको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धी गर्दा मुहान लिम्पियाधुरा तय हुनुपर्छ अनिमात्र सन्धी गर्नुपर्छ भन्दा कारबाही गरिएको घटना स्मरण गराउँदै आत्मालोचना गर्न सन्धीका पक्षधरलाई आग्रह समेत गरे । ‘म लगायत १६ जना कमरेडहरुले महाकाली सन्धी गर्दा नदीको मुहान तय गर्नुपर्छ भन्दा कारबाही गरेर अन्याय गरिएको थियो,’ गौतमको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, जो-जो सन्धीको पक्षधर थिए उनीहरुले पनि त्यसको समिक्षा गरी आत्मालोचना गर्नुपर्छ ।

गौतमले कडा रुपमा प्रस्तुत हुँदै इतिहासको घटनाको व्याख्या गरेका थिए । २५ वर्ष अघि भएको सन्धीको पक्षमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सक्रियता देखाएको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार