असार २५, २०८२ बुधबार July 9, 2025

कैलाली भन्सारबाट ११ महिनामा ७ अर्ब राजस्व संकलन

११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु. सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु. दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु. १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा रु. ४६ करोड ८२ लाख, भदौमा रु. ५१ करोड ९३ लाख, असोजमा रु. ६३ करोड १४ लाख, कात्तिकमा रु. ६१ करोड ४६ लाख, मङ्सिरमा रु. ७३ करोड ३४ लाख र पुसमा रु. ६८ करोड ९० लाख राजस्व संकलन भएको छ ।

त्यस्तै, माघमा रु. ६६ करोड ६७ लाख, फागुनमा रु. ६९ करोड एक लाख, चैतमा रु. ७२ करोड १३ लाख, वैशाखमा रु ७५ करोड १७ लाख र जेठमा रु. ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले बताए ।.

“आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पुँजीगत खर्च कम छ”, सूचना अधिकारी खड्काले भने, “बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व संकलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।”

भन्सार कार्यालयको गत आव २०७९/८० मा रु. १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु. आठ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार