असार ३०, २०८२ सोमबार July 14, 2025

अमेरिकाले हतियार र गोलाबारुद उपलब्ध नगराएको इजरायलको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनलाई हतियार र गोला बारुद उपलब्ध नगराएको आरोप लगाएका छन्।

इजरायलका प्रधानमन्त्रीले भने, “जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल आए, मैले उनीसँग कुरा गरें। मैले युद्धको सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको कदर गरेको बताएँ।”

“तर मैले उनलाई अर्को कुरा पनि भनेँ। मैले भने कि यो मेरो लागि बुझ्न नसकिने कुरा हो कि विगत केही महिनादेखि बाइडेन प्रशासनले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिलाइ गरेको छ।”

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरे

“इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र हो जसले आफ्नो जीवनको लागि लडिरहेको छ। हामी इरानसँग लडिरहेका छौं र हामी दुवैका शत्रु देशहरूसँग लडिरहेका छौं।”

“ब्लिन्केनले आश्वासन दिए कि प्रशासनले यी अवरोधहरू हटाउन चौबीसै घण्टा काम गरिरहेको छ, र मलाई आशा छ कि यो मामला छिटो सुल्झिनेछ ।”

उनले भने, “दोस्रो विश्वयुद्धका बेला चर्चिलले अमेरिकालाई भनेका थिए, तपाई हामीलाई हतियार दिनुहोस् र हामी युद्ध समाप्त गर्नेछौं। म अमेरिकालाई भन्छु कि तपाई मलाई हतियार दिनुहोस्, हामी छिट्टै युद्ध समाप्त गर्नेछौं।”

बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “हामी धेरै मोर्चामा लडिरहेका छौं। दक्षिणमा हामी हमाससँग लडिरहेका छौं। हामीले हमासलाई समाप्त गरी बन्धकहरूलाई मुक्त नगरेसम्म लडाइँ जारी रहनेछ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया