श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

टिकटकै लागि घण्टौँसम्म लाइन बस्नुपर्ने समस्या अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल, असार ५ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो ।

सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौँसम्म लाइन बस्नुपर्ने समस्या अन्त्य भएको छ । त्यस अवसरमा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री पुनले समय र प्रविधिको विकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै अस्पतालले नयाँ अभ्यासको सुरुवात गर्नु आफैमा सकारात्मक भएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले यो अस्पताललाई गौरवको आयोजनाको रूपमा प्राथमिकता दिएर बजेटको व्यवस्था गरेको मन्त्री पुनले बताउनुभयो । अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नुका साथै यहाँको सेवामा समेत थप गुणस्तरीयता ल्याउनु पर्नेमा मन्त्री पुनको जोड छ ।

blog

नयाँ सेवा शुभारम्भका अवरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले मातृ शिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रादेशिक अस्पतालको भूमिका सराहनीय रहेको उल्लेख गर्दै अस्पतालको सेवालाई थप सुधारका लागि स्थानीय पालिकाहरूसँग समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अनलाइन टिकट सेवासँगै अब छिट्टै डिजिटल भुक्तानी सेवा समेत शुभारम्भ गर्ने तयारी रहेको जानकारी गराउनुभयो । यसैगरी अस्पतालमा बिमा सेवातर्फ टिकटका लागि हुने भिडलाई कम गर्न थप काउन्टर विस्तार गरिने बताउनुभयो ।

अस्पतालमा शल्यक्रिया उपचारका लागि महिनौँ कुर्नुपर्ने अवस्थालाई कम गर्न छिट्टै प्रसूति सेवातर्फको शल्यक्रिया कक्ष छुट्टै बनाउने उहाँले बताउनुभयो । अस्पतालकी नर्सिङ प्रमुख ज्योति पौडेलले वर्ष २०७९-८० को एसएमएस मूल्याङ्कन अनुसार सर्वोत्कृष्ट अङ्क ल्याई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपाल प्रथम हुन सकेको बताउनुभयो । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार