असार २२, २०८२ आइतबार July 6, 2025

नेपालले नै भारतसँग कुटनीतिक माध्यमबाट वार्ताको पहल गर्नुपर्छ- गणेश शाह, नेकपा नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हिजोको स्थायी समिति बैठकमा के के भयो, प्रधानमन्त्री किन जानुभएन ?

अहिले पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । यो झन्डै झन्डै ६ महिनापछिको बैठक हो । त्यसमा हाम्रो केही एजेन्डाहरु पारित भए । सीमा समस्या समाधानका एजेन्डाहरु मुख्य हो । त्यसमा नेपाली जनतालाई पनि थाहा छ । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित समेटेर नक्सा जारी गरेको छ । त्यो प्रतिपक्षी दलदेखि सबै दलहरु र सम्पूर्ण जनता एकढिक्का भएर पारित भएको छ ।

पारित त भयो तर भूमि चाहीं कसरी फिर्ता गर्ने त ?

त्यो भूमि त पहिलादेखि नै नेपालकै हो । भारतीय पक्षले त्यहाँ सेना राख्दै आएको र पछिबाट बाटो खनेर उद्घाटन समेत गरिसकेको छ । अब यो भूमि फिर्ता ल्याउनको लागि पहिला त्यहाँबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने हुन्छ । त्यसको लागि भारतीय पक्षसँग कुटनीति वार्ता गर्नुपर्छ । राजनीतिक, कुटनीति लगायत विभिन्न लेभलको वार्ताबाट मात्रै यो समस्या समाधान हुन सक्छ । भारतसँग यो मात्रै होइन डुबानका समस्याहरु पनि छन् । नेपाल र भारतको पहिलादेखिको खुला सिमानाले गर्दा धेरै ठाउँमा सीमा समस्याहरु छन् । त्यसलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु छन् । नेपाल र भारतको सम्बन्धमा पनि १९५० सन्धिमा पनि स्पष्ट छ ।

हिजो परराष्ट्र मन्त्रीले भनिसक्नुभएको छ, चीनसँग कुनै समस्या छैन तर भारत वार्ताको लागि तयार छैन भनेर ?

त्यसको लागि कुटनीतिक वार्ता गर्नुपर्छ । त्यो जी टू जी (सरकार र सरकार) बीचमा वार्ता हुनुपर्छ । पब्लिक डिप्लोम्यासी जनताको चाहनालाई पनि लिनुपर्छ । त्यसको लागि योभन्दा पहिला नाकाबन्दीको बेलामा पनि वार्ता गर्ने भनेर हामीहरुले प्रस्ताव गरेका थियौं । अहिले पनि नेपालले नै भारतसँग कुटनीतिक माध्यमबाट वार्ताको पहल गर्नुपर्छ । यो समस्याको समाधान वार्ताको माध्यमबाट मात्रै हुन्छ ।

हिजोको बैठकमा प्रधानमन्त्री के कारणले आउनुभएन ?

हिजोको वार्तामा प्रधानमन्त्रीज्यू आउनुभएन । त्यसकारण कारण चाहीं अहिलेसम्म खुलाइएको छैन । पछि आउनुहुन्छ भन्ने कुरा थियो, आउनुभएन । साथीहरु चाहीं उहाँले आउनुपर्ने, उठेका कुरा सुन्नुपर्ने भन्ने कुरा भयो ।

पार्टीको बैठक पार्टी कार्यालयमै बस्नुपर्ने होइन ? किन बालुवाटारमा बस्यो ?

यो सचिवलायको कुरा हो किन बालुवाटारमा गरियो । पार्टीको बैठक चाहीं पार्टी कार्यालयमै बस्नुपर्ने हो । यसको बारेमा सचिवालयमा छलफल हुन्छ होला । पार्टीको बैठक, छलफल र बहस पार्टी कार्यालयमै हुनुपर्छ भन्ने मेरो पनि धारणा हो । स्थायी समिति बैठक बालुवाटारमै भइरहेको छ । आज पनि त्यहीं हुन्छ । हिजो प्रधानमन्त्रीज्यू आउनुभएन । आशा गरौं, आजको बैठकमा आउनुहुन्छ होला ।

पार्टीको बैठक सरकारी निवासमा किन गरियो भनेर सामाजिक सञ्चालहरुमा जताततै आलोचना भएको छ नि ?

यसमा जसरी आलोचना भएको छ । त्यसलाई विचार गरेर आगामी दिनहरुमा कदमहरु उठानुपर्ने हो । आजा यो बारेमा सचिवालयले केही निर्णय लिन्छ कि म अहिले नै केही भन्न सक्ने अवस्थामा छैन ।

बालुवाटारमा बैठक राखिएकोमा तपाईंको पनि असहमति छ होइन ?

मेरो त पहिलादेखिकै धारणा हो, पार्टीको बैठक पार्टी कार्यालयमै हुनुपर्छ भनेर । त्यसलाई मैले सधैं उठाइरहेको छु ।

नेताको घाँटीमा कोरोना भगाउने कार्ड छ, माधव नेपालले वितरण गर्नुभयो, नेपालमा यसको औषधि आइसक्यो ?

कोरोनाको औषधि आइसकेको छैन । यसको औषधि अहिलेसम्म संसारभरि अनुसन्धानको क्रममा छ । यसबाट बँच्ने दुईवटा उपाय हुन्छ । एउटा औषधि नै हो, अर्को भनेको अहिलेसम्म अपनाइँदै आएको भौतिक दुरी कायम गर्ने, माक्स लगाउने, भीडाभाडबाट जोखिने लगायतका नियमहरु पालना गर्ने नै हो । यसबाट सुरक्षित हुने मात्रै हो । अहिले नै औषधि चाहीं आइसकेको छैन । तपाईंहरुले सुन्नुभएको होला रामदेवजीले निकाली सक्नुभयो भन्ने । त्यो अहिलेसम्म विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भइसकेको छैन । यसरी धेरै ठाउँबाट प्रयासहरु भइरहेका छन् । यो सबै सुरक्क्षात्मक प्रयास मात्रै हो । उपचारात्मक उपाय होइन । मैले थाहा पाएसम्म कोरोनाको औषधि संसारमा आइसकेको छैन । अहिलेसम्म आएको छैन । चाँडै आउँदैछ भनिएको छ । आशा गरौं चाँडै आएपछि नेपाल पनि लाभान्वित हुन्छ ।

माधव नेपालले बाँड्नुभएको कोरोनाको औंषधि चाहीं के के रहेछ त ?

उहाँले बाँड्नुभएको औषधिमा विशेष गरी क्लोरिनको कुरा लेखिएको छ । यसमा अब वैज्ञानिक कुराहरु होलान् । एक, दुईवटा अरुपनि कुरा छन् । मैले पनि डिटेलमा हेरेको छैन । त्यसैले यो औषधि नै होइन । मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने केही हो कि जस्तो लाग्छ ।

तर, धेरै नेताहरुमा चर्चा भयो, पहिला गलामा जन्तर झुण्ड्याउने गरिन्थ्यो, अहिले नेपालमा कोरोना भगाउने कार्ड ?

यसको बारेमा विभिन्न देशमा विभिन्नखाले उपायहरुको खोजिभइरहेको छ । त्यही खोजी र अनुसन्धानको चरणमा हो । त्यसैले लगाउने र खाने दुई अलगअलग चिज हो । लगाउने चिजमा उहाँलाई पनि कुनै संस्थाले विकसित गरेको हुनाले लिनुभएको होला ।

कार्डभित्र रेकर्ड पनि राखिएको छ रे नि क कसले के बोल्छन् भनेर सही हो ?

होइन, यो बेकारको हल्ला मात्रै हो । आजको दिनमा रेकर्ड नै गर्नुपर्यो भने त आफ्नै मोबाइल साइलेन्समा राखे भइहाल्छ नि । आजको दिनमा तपाईं त अझ मिडियाको मान्छे थाहा छँदैछ नि । त्यसैले कुनै कुरा रेकर्ड गर्नु ठूलो कुरा होइन । बैठकमा भएका कुरा माइन्यूटमा रेकर्ड भइहाल्छ । त्यसलाई रेकर्ड नै गर्नुपर्दैन होला ।

एमसीसीको बारेमा चाहीं के निर्णय भयो ठ्याक्कै भन्नुस् त ?

यसमा राजनीतिक एजेन्डाहरु नयाँ नयाँ ढंगले विकसित हुन्छ । परिस्थिति अनुसार पार्टीले निर्णय गरेर अगाडि बढाउने हो । त्यसकारण एमसीसीको बारेमा नेतृत्वहरुले छलफल गरेर एउटा सही निर्णय गर्ला भन्ने हामीले आशा र विश्वास गरेका छौं ।

एमसीसी पारित हुन्छ कि हुँदैन, तपाईंको स्थायी समिति बैठकले के गर्छ ?

अहिलेको बैठकमा यो एजेन्डामा छ । अब एमसीसीको बारेमा छलफल हुँदैछ, एक, दुई दिनमा एउटा निर्णय भएर बाहिर आइहाल्छ । रिपोटर्स क्लब नेपालबाट ।

अहिले पनि नेपालले नै भारतसँग कुटनीतिक माध्यमबाट वार्ताको पहल गर्नुपर्छ । यो समस्याको समाधान वार्ताको माध्यमबाट मात्रै हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार