कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

बागमती र कोशी प्रदेशमा डेंगुका विरामी बढ्दै

सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका विरामी देखिएको छन्। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए।

बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १८८ जना, लुम्बिनी प्रदेशमा १४८ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिममा १४० जना डेंगुका विरामी रहेका छन्।

जिल्लाअनुसार भने काठमाडौँ र झापामा डेंगुका सबैभन्दा बढी विरामी रहेका छन्। काठमाडौँमा १४१ जना र झापामा ११२ जना विरामी छन्। चितवनमा ७५ जना, मकवानपुरमा ५९ जना, डोटीमा ४७ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङ्गामा ४१ जना, रुपन्देहीमा २८ जना र भक्तपुरमा २७ जना डेंगुका विरामी छन्।

गत वर्ष डेंगुका विरामीको संख्या ५२ हजार ७९० जना पुगेको थियो। डेंगु हुनबाट जोगिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार