कार्तिक २५, २०८३ बुधबार November 11, 2026

गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी

प्रभावित क्षेत्र र व्यवसायीलाई राहत दिलाउनका लागि प्रदेश सरकार गृहकार्य गर्दै र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यसै आर्थिक वर्षभित्र प्रदेशका सबै बस्तीमा शतप्रतिशत विद्युत् पहुँच पुर्‍याउने बताउनुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज( शुक्रबार) पोखरामा आयोजना गरेको ‘विद्युत् उपभोक्ताको अधिकार र हालको कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बाँकी रहेका दुर्गम क्षेत्रहरूमा सौर्य (सोलार) र लघु जलविद्युत परियोजना मार्फत विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै यसै वर्ष उज्यालो प्रदेश घोषणा गरिने जनाउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणलाई प्रदेश सरकारले उक्त अभियान सफल पार्न ७२ करोड रुपैयाँ भुक्तानी दिने गरी सम्झौता गरेबमोजिम केही स्थानमा विद्युतको पहुँच यही आर्थिक वर्षभित्र पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले हालैको जेन–जी आन्दोलनका कारण प्रदेशमा करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको अन्दाजी ३ अर्ब रुपैयाँको क्षति पुगेको बताउनुभयो । प्रभावित क्षेत्र र व्यवसायीलाई राहत दिलाउनका लागि प्रदेश सरकार गृहकार्य गर्दै रहेको उहाँले जनाउनुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा.राम प्रसाद धितालले ६० लाख घर परिवारमा विद्युत् लाइन जडान भएको बताउनुभयो । विद्युत् अत्यावश्यक सेवाभित्र पर्ने विद्युत् लाइन काट्दा धेरै क्षेत्रलाई असर पर्ने उहाँले उल्लेख गर्नुभयो । तोकेको मात्र भोल्टेजमा विद्युत् दिन सके प्रति युनिट ९ः४० रुपैयाँमा झार्न सकिने धितालले जनाउनुभयो ।

गण्डकी प्रदेशमा प्रमुख सचिव डण्डुराज घिमिरेले जलविद्युतको क्षेत्राधिकार स्थानीय र प्रदेश सरकारलाई प्रस्टसँग तोक्नुपर्ने माग गर्नुभयो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले नेपालमा हाल केही उद्योगहरूमा विद्युत् लाइन काटेर समस्याको समाधान नहुने भन्दै समाधानका लागि वार्ता र छलफलबाट विवाद टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले प्रदेश सरकार व्यवसायीहरूको पिर मर्कामा तथा कठिन अवस्थामा नजिकको सरकारको अनुभूति गराउन नसकेको गुनासो गर्नुभयो । जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने उपर कारबाहीसहित क्षतिपूर्ति भराउन उहाँले मुख्यमन्त्री पाण्डे समक्ष माग गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार