कार्तिक २५, २०८३ बुधबार November 11, 2026

धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल

फाल्गुनन्द जयन्तीले सहिष्णुता, अहिंसा र समाज सुधारमा प्रेरणा देओस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन योगदान पुगेको बताउनुभएको छ ।

“किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गर्नु भएको राष्ट्रपतिको सन्देशमा जनाइएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सम्पूर्णमा सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा एवं समाज सुधारको अभियानमा सक्रिय भइरहन थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार