कार्तिक १८, २०८३ बुधबार November 4, 2026

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल

दक्षिणकालीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न राष्ट्रपति पौडेलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै बुधबार राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीले सार्वजनिक जिम्मेवारीलाई अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो।

प्रशासकीय भवन आधुनिक हुँदैमा मात्र सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रशासनिक कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताउनुभयो। उहाँले सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा, अभिलेख व्यवस्थापन र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

उहाँले प्रशासकीय भवन नागरिकले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधार भएको उल्लेख गर्नुभयो। भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने उहाँले बताउनुभयो।

यसैगरी, राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो। त्यसका लागि स्थानीय तहले आवश्यक योजना र कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार