कार्तिक ८, २०८३ आइतबार October 25, 2026

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

राष्ट्रपति पौडेलले भक्तपुर पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ८ कात्तिक । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्कनुभएको हो ।

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराउनु भएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गर्नु भएको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललेलाई बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरुले स्वागत गर्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार
कङ्गोमा नेपाली महिला शान्ति सैनिकको प्रशंसा, नागरिक सुरक्षामा अनुकरणीय योगदान
२०८३ कार्तिक ८, आइतबार
भोटेकोशी बाढीमा बेपत्ता सैनिक चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
२०८३ कार्तिक ८, आइतबार
एसिया कपमा छनोट भएका क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने क्यानको घोषणा
२०८३ कार्तिक ८, आइतबार