कार्तिक ४, २०८३ बुधबार October 21, 2026

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पुरोहितबाट टीका ग्रहण गरे लगत्तै राष्ट्रपतिबाट प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।

आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया