कार्तिक १४, २०८३ शनिबार October 31, 2026

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको बताउनुभएको छ । साथै सयौँ युवाहरु गेम एप बनाउन तल्लिन रहेको उहाँको भनाइ छ ।

“हामीले उहाँहरुलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्र्यौं र अब उहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ”, प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तरराष्ट्रिय आम्दानीसम्बन्धी नियमहरु अझै सहज बनाउने उहाँको भनाइ छ ।

यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार