कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले एक विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री शाहको उपस्थिति रहने भएपछि उद्घाटन खेलका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सुरक्षा प्रबन्धअन्तर्गत १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरी एक सयभन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ।

उद्घाटन समारोह सम्पन्न भएलगत्तै आज साँझ ५:०० बजे हुने पहिलो खेलमा गत सिजनका फाइनलिस्टद्वय लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको पहिलो दिनबाटै विश्वचर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति र डिफेन्डिङ च्याम्पियन तथा उपविजेताबीचको प्रतिस्पर्धाले क्रिकेटप्रेमीहरूमा ठूलो उत्साह छाएको छ।

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार