काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्का गतिविधिबारे छलफल भएको थियो।
सो अवसरमा संघीय संसद्मा विचाराधीन रहेका विधेयकहरू, संसद्को प्रभावकारिता र पछिल्ला राष्ट्रिय घटनाक्रमबारे कुराकानी भएको सचिवालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया