कार्तिक २५, २०८३ बुधबार November 11, 2026

ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने

सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गर्नुभएको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन् ।

ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिनुभएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाउनुभएको छ । उहाँले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्नुभएको छ ।

न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गतको दाबी खारेज गर्नुभएको छ । बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ, तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ ।

फैसलापछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ भन्नुभएको छ । उहाँले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध लडिरहने बताउनुभएको छ । यसअघि अदालतले उहाँलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत दिइएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार