कार्तिक २१, २०८३ शनिबार November 7, 2026

ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ग्वाटेमाला। ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बच्नुभएको छ ।

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा हुनुहुन्थ्यो । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो ।

गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ । उनीहरूले सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ । आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन ।

जाकापा क्षेत्रमा लागुऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ । उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद निर्वाचित हुनुभएको थियो । पछि उहाँ पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गर्नुभएको थियो ।

टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।(रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप छनोट प्ले-अफमा नेपालको पहिलो भिडन्त इटालीसँग, यस्तो छ खेलतालिका
२०८३ कार्तिक २१, शनिबार
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
२०८३ कार्तिक २१, शनिबार
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको यस्तो तयारी
२०८३ कार्तिक २१, शनिबार
युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २१, शनिबार
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
२०८३ कार्तिक २१, शनिबार
ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
२०८३ कार्तिक २१, शनिबार
तिहारका लागि पोखरा आइपुगे भेडाच्याङ्ग्रा
२०८३ कार्तिक २१, शनिबार